४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनएमबि बैंकको नौलो बचत योजना

एनएमबि बैंक लिमिटेडले नौलो बचत योजना सार्वजनिक गरेको छ। बैंकले युवाहरूलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबि यु–वाह ! डिजी सेभिङ्स’ ल्याएको हो।

१८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली नागरिकले यो खाता खोल्न सक्ने बैंकले जनाएको छ। यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने बैंकको योजना छ।

त्यस्तै, यस योजनाअन्तर्गत बैंकले एनएमबि ओम्नी च्यानल बैंकिङ, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्क अन्तरबैंक फन्ड ट्रान्सफर (एबिबिएस) र वार्षिक १२ सय रूपैयाँसम्मको क्यासब्याक योजनाजस्ता आकर्षक लाभहरू पनि उपलब्ध गराउनेछ।

साथै, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने छ। हाल बैंकले दुई सय एक शाखा, एक सय ३९ एटिएम र नौ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: १२ फाल्गुन २०७८ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App