६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सनराइज बैंक–नेसनल बैंकिङ इन्स्टिच्युट सहकार्य

सनराइज बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप नेसनल बैंकिङ इन्स्टिच्युटसँग सहमति गरेको छ।

वित्तीय साक्षरताका लागि भएको उक्त सहमतिपत्रमा बैकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लमसालले हस्ताक्षर गरेका छन्। सो सहमतिपत्र अन्तर्गत विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ।

बैंकका गतिविधिहरूको एक हिस्साको रूपमा र वित्तमा पहुँचसम्बन्धी चेतना जगाउने उद्देश्यले देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरू गर्नका लागि सो सहमति गरेको हो।

प्रकाशित: १२ फाल्गुन २०७८ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App