४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

विराटनगरमा हाइलक्स सेरामिक्सको बिक्री सुरू

हाइलक्सको आधिकारिक बिक्री कक्षको उद्घाटन गर्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल। तस्बिर: नागरिक

अन्तराष्ट्रिय ब्राण्डको हाइलक्स सेरामिक्सका उत्पादनहरू प्रदेश १ को राजधानी विराटनगरमा बिक्रि सुरू गरिएको छ। हाइलक्सले विभिन्न च्यानल पार्टनर मार्फत नेपालका विभिन्न सहरहरूमा आफ्ना उत्पादनहरू बिक्री बितरण गर्दै आइरहेकोमा विराटनगर स्थित पिपलचोकमा फ्रेन्चाइ पार्टनर मोडलका रुपमा बिक्री कक्ष स्थापना गरी बिक्री सुरू गरेको हो।  

हाइलक्सले किचन तथा वाथरुमका सामानहरू बिक्री कक्षमा राखेको छ। विक्री कक्षको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्घाटन गरे। हाइलक्स सेरामिक्सको बिक्री कक्षको उद्घाटन गर्दै रिजालले कोरोनाको विषम परिस्थितिमा पनि व्यवसायमा लगानी गरेकोमा सराहना गर्दै उहाँले नेपालमा सरकारले उद्योगी व्यवसायीलाई दोस्रो दर्जाका नागरिकका रुपमा हेर्ने प्रबृत्ती विडम्बनापूर्ण  भएको बताए।  

बिक्री कक्षका सञ्चालक विश्व आचार्यले  हाइलक्स ब्राण्डको आधिकारीक बिक्रेताका रुपमा विराटनगरमा बिक्री कक्ष सञ्चालनमा ल्याइएको बताए। उनले अन्तराष्ट्रिय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउन विराटनगरमा आधिकारीक बिक्री कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले सुपथ मूल्यमा गुणस्तरीय बस्तु उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारे।  

बिक्री कक्षमा हाइलक्स ब्राण्डका वाथरुमका सामान, वेशिन, धारा, बाथटप, किचन चिम्नी, ग्याँस हवलगायतका सामानहरू उपलक्ब्ध छन्। हाइलक्सका उत्पादनहरूकाठमाण्डौं,नारायणघाट,पोखरा, बुटबल,इटहरी, धरान, दमकलगायतका शहरहरूमा उपलब्ध रहेको जानकारी दिइएको छ।

प्रकाशित: ९ फाल्गुन २०७८ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App