२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

गरिमा विकास बैंकको स्वर्णिम निक्षेप योजना

गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने भन्दै ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।

न्यूनतम हजार रूपैयाँ मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ क्रमिक (रिकरिङ) निक्षेप खाता भएको बैंकले जनाएको छ। उक्त निक्षेप योजनामा ५ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दती बराबरको ब्याजदरको फाइदा लिन सकिने बताइएको छ। साथै, उक्त निक्षेप योजना अन्तर्गत योजना अवधिभित्र आफ्नो अनुकूलता अनुसार जति पनि रकम जम्मा गर्न सकिने र आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दती बराबरको ब्याजदर पाइने बैंकको विज्ञप्तिमा उल्लेख छ।

बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५% ब्याजदर प्रदान गर्न लागेको हो। यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकलाई क्रमिक रूपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी साबित हुने बैंकको भनाइ छ। 

प्रकाशित: ३ फाल्गुन २०७८ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App