३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

टिभिएस स्कुटरमा नयाँ योजना

टिभिएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्ना सम्पूर्ण टिभिएस स्कुटरमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ। स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीको दाबी छ।

यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ। यस योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजार रूपैयाँसम्मको नगद छुटका साथै हरेक दिन लक्की ड्रमार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाइने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यस योजनाअन्तर्गत ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजना फागुन ६ गतेसम्म लागु हुनेछ।

प्रकाशित: २८ माघ २०७८ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App