२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘वुमन इन बिजनेस छात्रवृत्ति’ रुबी शाहलाई

बाराकी रुबी शाहलाई १० हजार डलर बराबरको जोन्टा इन्टरनेसनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित गरिएको छ।

उनलाई जोन्टा क्लब अफ काठमाडौं–२५, क्षेत्र नम्बर २ बाट मनोनयन गरिएको थियो र पुरस्कारको लागि आवेदन जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट छनोटमा पठाइएको थियो। जहाँ उनले थप दुई हजार डलर पनि प्राप्त गरेकी छन्।

उनीसँगै अरू ३२ जनाले दुई हजार डलर बराबरको थप छात्रवृत्ति पनि प्राप्त गरेका थिए। यसका साथै उनले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप आठ हजार डलर पनि प्राप्त गरेकी छिन्। उनी शैक्षिक वर्ष २०२१– २०२२ का लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका ६ जना क्षमतावान् प्रतिभामध्ये एक हुन्।

प्रकाशित: २७ माघ २०७८ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App