‘धेरै मह भित्री मधेशबाटै निर्यात हुने भएकाले निर्यातको पुर्ण तथ्यांक आउन सकेको छैन,' जिल्ला कृषि कार्यालयका कृषि प्रसार अधिकृत केशब पाण्डेयले भने, ‘करोड भन्दा बढीको मह निर्यात हुने गरेको छ।' जिल्लामा उत्पादीत टोटल महमा ६०/७० प्रतिशत मह बाहिरी जिल्ला निर्यात हुने गरेको छ।
आलिताल क्षेत्रमा एक कृषकहरुले ५ देखि ६ सय घारमा मौरी पालन गरेका छन्। जिल्लामा उत्पादित मह यस अघिसम्म देशका विभिन्न जिल्लामा बिक्री हुँदै आएकोमा अब भारतबाट समेत महको माग आउन थालेकोले यो व्यवसाय फस्टाउने सम्भावना देखिएको किसान रामबहादुर जाग्रीले बताए।
‘कात्तिके मह' अर्थात कात्तिक महिनामा काढिने महमा स्वास्थ्यका लागि आवश्यक पर्ने तत्वहरू प्रशस्त मात्रामा पाइने र यो औषधियुक्त हुने हुँदा नेपाली समाजमा यो महको ठूलो माग हुने गरेको छ।
मेलीफेरा जातको मौरीको प्रत्येक घारबाट वर्षभरिमा ३० देखि ४० किलो र सेराना जातको मौरीको घारबाट १० किलो मह उत्पादन हुन्छ। सेराना जातको मौरीको महको माग बढी हुँने हँुदा पुर्याोउनै नसकिएको मौरी पालक कृषकहरुले बताए। यो बर्ष मात्रै २२.२ मेटि्रक टन भन्दा बढी मह डडेल्धुरामै उत्पादन भएको तथ्यांक आएको छ।
यति बेला महप्रति किलो थोकमा ४०० रुपैया र खुद्रा ५०० रुपैया मा खरिद बिक्री हुने गरेको छ। भित्रीमद्येश क्षेत्रको आलिताल गाबिसका अधिंकाश कृषकहरुको घरमा मौरी पालन छ। कृषकहरुले गाउँमै मौरीको मह प्रशोधन गर्ने मेसिन समेत राखेका छन्।
मौरीको एक घारबाट वार्षिक तीन देखि पाँच पटकसम्म मह काढिन्छ। मौरीको चरी चरनका लागि आलिताल उर्वर क्षेत्र भएकाले पनि मह उत्पादन बढी भईरहेकेा छ। आलिताल बाहेक गाँखेत, शिर्ष, रुपाल, भागेश्वर लगायतका गाबिसमा मह उत्पादन राम्रो हुने गरेको छ। नेपालमा उत्पादित मह उच्च गुणस्तरको हुने भए पनि यसको गुणस्तर जाँच गरी प्रमाणित गरिदिने व्यवस्था नहँुदा महको व्यापार अपेक्षाकृत रुपमा फस्टाउन नसकेको सम्बन्धित किसानहरूको भनाइ छ।
प्रकाशित: १० माघ २०७१ ०६:०१ शनिबार