एभरेस्ट बैंक लिमिटेड डिबेन्चर २०८६ को निष्कासन तथा बिक्री खुला भएको छ।
८ वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत ब्याज दर भएको प्रतिऋणपत्र एक हजार रूपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुन आउने २ अर्ब रूपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रूपैयाँ ऋण पुँजी व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात ८ लाख कित्ता ऋणपत्रले हुन आउने ८० करोड ऋण पुँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट बिक्री सुरु भएको बैंकले जनाएको छ।
प्रकाशित: ४ माघ २०७८ ००:४२ मंगलबार