२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

हिमालयन बैंकको सभा सम्पन्न

हिमालयन बैंक लिमिटेडको २९औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सम्पन्न सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सहित सोही आवको मुनाफाबाट आफ्ना सेयर धनीलाई चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ।

साथै हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड बीचको मर्जर सम्बन्धी विशेष प्रस्ताव भने साधारण सभाले अस्वीकृत गरेको छ।

उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित सेयर धनीमध्ये ७५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयर धनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेकाले अस्वीकृत भएको हो।

उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३, विपक्षमा ४२.२९ र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेको बैंकले जनाएको छ।

प्रकाशित: २ माघ २०७८ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App