८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

तेस्रो कनेक्ट उद्यम कनक्लेभ तथा आइडियाथन

काठमाडौंस्थित भारतीय राजदूतावासले क्लक–बि बिजनेस इनोभेसनसँग साझेदारी गर्दै यही माघ २२ गते इन्टरनेसनल इन्टरप्रिनरसिप कनक्लेभ कनेक्टको आयोजना गर्ने भएको छ।

काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणलाई आजादीका अमृत महोत्सव अन्तर्गत भारतको स्वतन्त्रता दिवसको ७५औं वर्ष उत्सवको एक हिस्साको रूपमा हेरिएको छ। जसअन्तर्गत पहिलोचोटि आइडियाथन नामक कार्यक्रम माघ १३ देखि १५ सम्म आयोजना हुन लागेको छ।

यसअघिका दुई संस्करणमा कनेक्टले नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ता, उद्यम पुँजीपति र विज्ञलाई विचारदेखि व्यापार मोडेल र समस्यादेखि समाधानसम्मका विविध विषय समेटेको थियो।

प्रकाशित: २९ पुस २०७८ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App