२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

रौतहट उद्योग वाणिज्य संघको निर्विरोध नेतृत्व चयन

रौतहट उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध नेतृत्व चयन भएको छ। सोमबार निर्वाचन कार्यक्रमअनुसार अध्यक्ष र १८ सदस्य पदमा एक एक जनाको मनोनयन दर्ता भएकोले सबै पद निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका संयोजक डा. नन्दकिशोर झाले रौतहट उद्योग वाणिज्य संघको सम्पूर्ण पद निर्विरोध भएको जानकारी गराए।

संघको अध्यक्ष पदमा पंडितप्रसाद जयसवाल निर्वाचित भएका छन्। जयसवाल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन्। पहिलो कार्यकाल कोरोनाको समयमा बितेको भए पनि पर्याप्त काम गरेका अध्यक्ष जयसवालले दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि देश, व्यापारी र किसानको हकहितको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।  

संघको १८ सदस्य पदमा रितेशकुमार अग्रवाल, चन्द्रप्रकाश अग्रवाल, रामजी साह कानु, रवीन्द्रनाथ गोपाली, अमितकुमार केशरी, गंगाधर प्रसाद, मनोज कुशवाहा, जगन्नाथप्रसाद केशरी, विपेन्द्रकुमार झा, सञ्जयकुमार कर्ण, मुनिन्द्रकुमार ठाकुर, सुनिलकुमार साह, वासुदेव अधिकारी, राजेन्द्र तिवारी, सुनीलकुमार जयसवाल, रामानन्द साह तेली, सुशीलादेवी जयसवाल, रामयतनप्रसाद साह रौनियार रहेका छन्।

संस्थाको विधानअनुसार शपथ ग्रहणपछि पहिलो बैठकले अन्य पदको बाँडफाँड सहमतिले गरिने अध्यक्ष जयसवालले जानकारी गराए।

प्रकाशित: २६ पुस २०७८ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App