१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

छ करोड खर्चेर इटहरीमा व्यवस्थित पार्किङ निर्माण गरिने

व्यवस्थित गर्न लागिएको अहिलेको बसपार्क। तस्बिरः नागरिक

इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ।

झन्डै दुई दसकअघि निर्माण भएको बसपार्कमा सबैतिर गुड्ने सवारी साधन पार्किङ नभई जथाभावी हुँदा असहज भएको अवस्थामा नगर विकास कोष काठमाडौं अन्तर्गत सञ्चालित नगरपालिका वित्त व्यवस्थापन तथा क्षमता विकास कार्यक्रमले सहयोग गर्ने भएपछि अन्तर्गत बर्सपार्क व्यवस्थित गर्न लागिएको हो। यसका लागि इटहरी बसपार्कको डिपिआर तयार भएको छ। जसमा उपमहानगरपालिकालाई ऋण अनुदान सहायता स्वरुप अनुमानित ६ करोड रुपैयाँ सहयोग गर्न नगरपालिका वित्त व्यवस्थापन तथा क्षमता विकास कार्यक्रम तयार भएको इटहरी वडा नं ९ का वडा अध्यक्ष भुपेन्द्र बरालले बताए।

इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारी साधन गुड्ने हुनाले अरु सहरभन्दा सवारी साधनको चाप बढी हुनु स्वभाविक नै भएपनि बसपार्कमा पार्किङ नभएर चौरास्त चोक जभाभावी हुँदै आएकाे थियाेर। जसले गर्दा असहज स्थिती सृजना भइसकेको छ। ‘अब बसपार्क व्यवस्थित हुँदा बीचमा बुकिङ काउन्टरसँगै व्यवस्थित प्रतिक्षालय रहनेछ भने साइडमा पार्किङ स्थल रहनेछ,’ उनले भने, ‘अब बसपार्क व्यवस्थित गर्दा आम्दानीमुखी बसपार्क हुनेछ।’

इटहरीको चौरास्त चोक क्षेत्रमा जथाभावी गरिएको पार्किङ।

दीर्घकालीन रुपमा पार्किङ स्थल व्यवस्थित नगर्दा इटहरीलाई व्यवस्थित शहर बनाउन नै समस्या हुँदै आएको थियो। आधुनिक इटहरी बसपार्क निर्माण हुँदा वार्षिक ८० लाखसम्म आम्दानी हुने अनुमान गरिएको छ। नगर विकास कोष काठमाडाैंले प्रदेश १ का विभिन्न स्थानमा आम्दानीमुखी बसपार्क निर्माणका लागि स्थलगत अनुगमन र निरीक्षणको कामलाई निरन्तरता दिएको रिता बानियाले बताइन्।

इटहरी पूर्वकै व्यापारिक ‘हब’ समेत बन्दै गएकाले पनि यहाँ सामान खरिद–बिक्री गर्न आउनेको चाप बढ्दो छ। यहाँ काठमाडौंपछि भव्य, व्यवस्थित र आधुनिक बजार बनाउने सोचले एकपछि अर्को सपिङ सेन्टर निर्माण भइरहेका छन्। तर, यिनी सपिङ सेन्टर अगाडि सवारी साधनको पार्किङ अस्तव्यस्त हुने गरेको पाइएको छ।

इटहरीमा अहिले भारतको केही स्थानका तथा नेपालका झापा, सप्तरी, धरान, विराटनगरसँगै वरपरका गाउँ–गाउँबाट सामान खरिद गर्न आउने गरेका छन्। जथाभावी पार्किङले पैदलयात्रीले समेत सास्ती बेर्होनुका साथै व्यापार–व्यवसायमा समेत असर पर्ने गरेको छ।

इटहरी चौरस्ता चोकदेखि चारैतिर पाँच सय मिटर क्षेत्रमा अहिले जथाभावी सवारी साधन पार्किङ गर्ने गरिएको  छ।

प्रकाशित: २२ पुस २०७८ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App