१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

स्वावलम्बन लघुवित्तको सभा

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

संस्थाले आव २०७७/७८ मा ६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रूपैयाँ खुद नाफा आर्जन गरेको छ। सभाले आव २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरणसमेत पारित गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संस्थाले चालु आवको मंसिर मसान्तसम्म ६१ जिल्लाका एक सय ४५ शाखा/उपशाखा कार्यालय तथा नौवटा इलाका कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: १८ पुस २०७८ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App