२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बराह क्षेत्र समट्दै बेगनास ताल

पार्क गुरुयोजना तयार

बेगनास तालको किनारैमा मन्दिर छ। बराह क्षेत्र मन्दिर छ। धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ। बराह क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित बेगनासताल पार्कको गुरुयोजना तयार पारिएको छ। गुरुयोजना कार्यान्वयनमा आए बेगनासमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको नयाँ गन्तव्य बन्नेछ।

पोखरा महानगरपालिका ३१ मा अवस्थित बराह क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यसहित गुरुयोजना तयार गरिएको हो। लेखनाथ क्षेत्रमै वन्यजन्तु उद्दार केन्द्र (जुलोजिकल पार्क) निर्माण गरिएको छ। चिडियाखानाको अवधारणासहित सुरु गरिएको पार्क निर्माणकै चरणमा छ। पोखराको अमरसिंहचोकस्थित युनाइटेड क्लबले पाँच वर्षअघि पार्क निर्माण सुरु गरेको थियो। पार्कमा अहिले विभिन्न वन्यजन्तुहरू राखिएको छ। साना तथा ठूला केजमा वन्य जन्तु उद्धार गरेर संरक्षण गरिएको छ।

बराह क्षेत्रको विकासका लागि बनाइएको गुरुयोजना सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले बराह क्षेत्रको बृहत्तर विकास एवं धार्मिक पर्यटन प्रवद्र्धन सहितको गुरुयोजना कार्यान्वयनमा आफूले सहयोग गर्ने उल्लेख गरे। उनले गुरुयोजनाको लागि लेखनाथवसीको साझा सरोकार बन्नुपर्नेमा जोड दिए।  

ड्रिम डेभलपर्स प्रा लि काठमाण्डौंले तयार पारेको बेगनास ताल पार्कको बृहत् प्रस्ताव परियोजनाको प्रस्तुतिपछि सम्बोधन गर्दै मन्त्री शर्माले १० करोडको परियोजनाका लागि आगामी बजेटमा प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाए। संघीय सरकारसँग पनि आफुले लबिङ गर्ने बताउँदै मन्त्री शर्माले त्यसका लागि लेखनाथबासीले साझा योजना हो भन्ने विश्वास दिलाउनुपर्नेमा स्पष्ट पारे।  

मन्त्री शर्माले पोखरामा तीन चार दिन सजिलै पर्यटक रोकिन सक्ने वातावरण तयार भएको उल्लेख गर्दै, लेखनाथ क्षेत्रमा थप एक दुईदिन वस्न सक्ने गरी पूर्वाधारको विकास गर्नु पर्नेमा जोड दिए। मन्त्री शर्माले पोखरा र शुक्ला गण्डकी नगरपालिकाको सहयोगमा पूणिटारमा औद्योगिक क्षेत्रका लागि आवश्यक तयारी भइरहेको बताए। उनले जग्गा व्यवस्थापनका लागि तनहुँ र कास्कीको नापी कार्यालयलाई निर्देशन दिइसकिएको उल्लेख गरे।  

पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बेगनासतालदेखी कालिकाको देउमणिसम्म सौर्य ट्रयाकको विकास गरी पर्यटकलाई आकर्षण गर्न सकिने बताए। उनले लेखनाथ क्षेत्रमा प्रकृतिको अनुपम संगम रहेको उल्लेख गर्दै, त्यसलाई व्यवस्थापन गर्न नसकिएका कारण पछाडि परेको बताए। 

बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीलगायतले बृहत् बेगनासको परियोजनाका लागि सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरे। नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरीले लेखनाथमा देखिनेगेगरी पर्यटन विकासका गतिविधि हुन नसकेको उल्लेख गर्दै, सम्भावना र अवसर भएपनि सरकारका दृष्टिमा नपरेको गुनासो गरे।

प्रकाशित: १५ पुस २०७८ ०५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App