८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाली मार्केटिङ एसोसिएसन ‘एनएमए’ सुरु

एनएमए नेपालको बजारीकरण संघ एउटा गैरमुनाफा संस्थाको रूपमा दर्ता भएको छ, जसको मुख्य उद्देश्य उत्कृष्ट कार्य गर्न देशभरि रहेको बजारीकरण पेसेवरहरूको एउटै आवाज सृजना गर्नु रहेको छ।

प्रारम्भिक रूपमा यो संघ बजारीकरण पेसेवर र शिक्षाविद्हरूद्वारा गठन गरिएको हो। यसका चार सदस्यमा कान्तिपुर मिडिया ग्रुपका एजिएम महेश्वरलाई अध्यक्ष, त्रिविका सह–प्राध्यापक गोपाल थापालाई महासचिव, सह–प्राध्यापक सुशील अवालेलाई सचिव र गोल्छा ग्रुपका एजिएम मार्केटिङ पुनम सिंहलाई कोषाध्यक्षको रूपमा घोषणा गरिएको थियो।

बोर्डका अन्य सदस्यमा अभय गोर्खाली, सुमन शाक्य, श्रृजना जोशी महर्जन, सत्येन्द्र उप्रेती र सुरेन्द्र थापा छन्। कार्यक्रममा एनएमएद्वारा तुल्सी धरेललाई एनएमएको गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सदस्यको रूपमा अभिनन्दन गरिएको छ। साथै तीन सदस्य बगला बस्नेत त्रिविका दिग्गज शिक्षाविद्, रविन्द्रमान श्रेष्ठ मायोज नुडल्सका पूर्व जिएम र रवि केसी सूर्य नेपालका उप–सभापतिलाई मार्केटिङमा उत्कृष्ट कार्यका लागि सम्मान गरिएको छ।

प्रकाशित: ९ पुस २०७८ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App