३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

वायुसेवा संघमा नयाँ कार्यसमिति

निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) मा क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

संघको २१औं वार्षिक साधारणसभाले अध्यक्षमा थापासहित अन्य पदाधिकारी र सदस्यको चयन सर्वसम्मतिबाट गरेको हो।

थापा सिम्रिक एयरका कार्यकारी अध्यक्ष हुन्। उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमाल, द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई र तृतीय उपाध्यक्षमा अल्टिच्युड एयरका निमानुरु शेर्पा चयन भएका छन्।

महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रूपेश जोशी चुनिए। यस्तै सदस्यमा फुरुग्याल्जे शेर्पा (हेली एभरेस्ट), सुवास अमात्य (प्रभु हेलिकप्टर), अनिल मानन्धर (श्री एयरलाइन्स), प्रज्वल थापा (गुण एयरलाइन्स), श्रीहरि कुँइकेल (कैलाश हेलिकप्टर सर्भिसेस) र बालकृष्ण पण्डित (एयर डाइनेस्टी हेली सर्भिसेस) चयन भएको संघले जनाएको छ।  

प्रकाशित: ४ पुस २०७८ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App