४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गुलरियामा बजाजको सोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बर्दियाको गुलरियामा नयाँ सोरुम ग्लोबल अटोमोटिभ्स प्रालि उद्घाटन गरेको छ।

बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स,सर्भिस र स्पेयर्स पार्ट्स देशभर उपलब्ध गराउने उद्देश्यले उक्त सोरुम सञ्चालनमा ल्याएको जनाएको छ।

यस उद्देश्यलाई सार्थक बनाउन ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदीप जोशीलाई डिलरसिप प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख गरेको छ ।

नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको विश्वास छ । 

प्रकाशित: २ पुस २०७८ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App