२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनएमबी बैंकको नयाँ योजना

एनएमबी बैंकको भिडियो केवाइसीमार्फत खाता खोलेर  पहिलो कारोबार गर्दा २५ सय रूपैयाँसम्मको फाइदा हुने भएको छ।

एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरण पूरा अपडेट गर्न सकिने योजना ल्याएको बैंकले जनाएको छ।

उक्त योजनाअन्तर्गत ओम्नि च्यानलमार्फत गरिने पहिलो कारोबार जस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टप अपलगायतमा २५ सय रूपैयाँ वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

बैंकले भिडियो केवाइसी, एक भिडियो कलमा आधारित पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ। हाल बैंकले दुई सय एक शाखा, एक सय ३८ एटिएम, नौ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २८ मंसिर २०७८ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App