१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

अक्षय कोषलाई लाख सहयोग

कतारको राष्ट्रिय मानव अधिकार समितिमा नेपाली समाज संयोजकको रूपमा रहेर आप्रवासी श्रमिकको हितमा काम गर्दै आएका मोहम्मद रमजान अली मियाँले आफूले प्रारम्भिक शिक्षा सुरु गरेको विद्यालयमा अक्षयकोष स्थापना गर्न एक लाख एक हजार एक सय रूपैयाँ सहयोग गरेका छन्।

गोरखाको सिरानचोक–३, हर्मी, बयापानीस्थित श्री शिखर ज्योति प्राथमिक विद्यालयलाई कोष स्थापनाका लागि उनले सहयोग गरेका हुन्। उनले २०४२ सालतिर उक्त विद्यालयमा प्रारम्भिक शिक्षा लिएका थिए।

काठमाडौं डाँछीमा स्थायी घर भए पनि पुख्र्यौली थलो हर्मी, बयापानी भएकोले आफूले सो स्कुलमा प्रारम्भिक अध्ययन गरेको मियाँ बताउँछन्। मियाँले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाको सभापतित्वमा आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरेका थिए। चेक हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रतिनिधि, शिक्षक अभिभावक संघका सदस्य, स्थानीय बुद्धिजीवी लगायत सहभागी थिए। 

प्रकाशित: २६ मंसिर २०७८ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App