२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

युनिलिभर नेपालले आफ्नो पहल ‘आशा’ मार्फत माइती नेपालसँग सहकार्य गर्दै

नेपालको सबैभन्दा ठूलो उत्पादन कम्पनी मध्य एक युनिलिभर नेपाल लिमिटेड र नेपालको एक गैरनाफामूलक संस्था माईती नेपालबीच समाजमा मानव बेचबिखन तथा घरेलु हिंशाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने हेतुले सहकार्य भएको छ। यस साझेदारीले उक्त महिलाहरूको दिगो आय सिर्जना गर्ने अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

यी महिलाहरूका निमित्त प्रख्यात ब्रान्डका ब्यूटी पार्लरका साथसाथै एक्स्काभेटर चलाउने, र बिक्री (सेल्स) तालिमका लागि विज्ञहरूको मार्गदर्शनमा गहन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। तालिम अवधिभर उनीहरुलाई माइती नेपालको पुनर्स्थापना केन्द्रमा बस्ने व्यवस्था पनि गरिने जनाएको छ।

महिलाहरूको रोजगारीले आफ्नो, आफ्नो परिवार र समुदायको जीवनस्तरमा सुधार गर्नुका साथसाथै उनीहरूलाई  सबै क्षेत्रमा आर्थिक जीवनमा पूर्ण रूपमा सहभागी बनाई बलियो अर्थतन्त्र निर्माण गर्न, विकास तथा दिगोपनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ।

कार्यक्रमको उद्घाटन अनुराधा कोइराला (माइती नेपालकी संस्थापक) र अम्लान मुखर्जी (युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक) ले स्थानीय समुदायका विज्ञहरूको गौरवमय उपस्थितिमा ६ डिसेम्बर २०२१ मा माइती नेपालमा गरका थिए।

'हामी यो विश्वास गर्छौ कि हामीले समाजबाट जती पाएका छौँ त्यस भन्दा बढी समाजमा योगदान दिनु सबैको दायित्व हो। हामी नेपालको राम्रो भविष्यका लागि महिलाहरूलाई आवश्यक सीपहरू प्रदान गर्दै दीर्घकालीन दिगो यात्रा प्रदान गर्न खोज्छौं जसले अझ निष्पक्ष र सामाजिक रूपमा समावेशी संसारको निर्माणमा योगदान गर्दछ। भविष्यमा पनि यस्तै पहलहरु मार्फत समुदायहरुमा सेवा प्रदान गर्न हामी तत्पर छौँ।' युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने।

प्रकाशित: २२ मंसिर २०७८ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App