नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरू सार्वजनिक गर्दै प्यालन घोषणा गरेका छन्।
चौधरीको सो प्यानलमा अटो माबाइल क्षेत्रमा लामो अनुभव बटुलेका व्यवसायीदेखि नयाँ युवा पुस्ताका समेत समेटिएका छन्।
सम्पूर्ण अटो क्षेत्र प्रतिनिधित्व गर्ने चार पांग्रे, दुई पांग्रे, ब्याट्री, लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, हेभिइक्युपमेन्ट सबै क्षेत्रलाई समेटेर प्यानल बनेको चौधरीले जनाएका छन्।
प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणि पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निसान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई तय भएका छन्।
करण चौधरीले सार्वजनिक समूहमा अनुभव र जोसको उत्तम सम्मिश्रण रहेकाले अनुकूलता र प्रतिकूलता दुवैमा अटोमोबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अघि बढ्न टिम सक्षम रहेको दाबी गरेका छन्।
चौधरीले सबै क्षेत्रलाई समेटेर प्यानल बनाएको भन्दै अटो मोबाइल क्षेत्रको समग्र हितका लागि आफू र आफ्नो समूहले काम गर्ने भन्दै उनले नाडामा सहमतिबाटै टिम छानियोस् भन्ने चाहेको बताएका छन्। निर्वाचन हुने दिनसम्म आफू सहमतिका लागि प्रयास जारी राख्ने उनको भनाइ छ।
‘चुनाव नै गर्नुपर्ने अवस्था आए पनि हाम्रो प्यानलको जित सुनिश्चित छ। तापनि हामी सहमतिका साथ अगाडि बढ्नु संस्थाको हित हुनेछ भन्ने हाम्रो चाहना हो,’ उनले भने।
नाडाको नयाँ नेतृत्वका लागि ध्रुव थापाले पनि बिहीबार प्यानल घोषणा गर्दै छन्। नाडाको नयाँ कार्यसमितिको निर्वाचन मंसिर २३ गते काठमाडौंमा हुनेछ।
प्रकाशित: १६ मंसिर २०७८ ०३:५४ बिहीबार