४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य बढ्यो

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले वृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ। सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० रहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला रू ९३ हजार ८०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रू १० ले वृद्धि भएर रू एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ। चाँदी शुक्रबार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ।

प्रकाशित: ३० कार्तिक २०७८ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App