२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सानिमाका दुई नयाँ शाखा

सानिमा बैंकले बिहीबार काठमाडौंको चपली र भक्तपुरको बालकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। चपलीस्थित कार्यालयको बैंक अध्यक्ष विनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका–७ का अध्यक्ष बसबहादुर महर्जनले संयुक्त रूपमा उद्घाटन गरेका छन्। 

त्यस्तै बालकोट कार्यालयको सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जिना बस्नेत र सूर्यविनायक नगरपालिका–२ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रूपमा उद्घाटन गरेको बैंकले जनाएको छ। हाल बैँकका सातै प्रदेशमा गरी ११६ कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा छन्।  

प्रकाशित: ५ कार्तिक २०७८ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App