१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

दसैं चहलपहलः लत्ताकपडा २० प्रतिशत महँगो

दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापार हुन सकेको छैन। तर मूल्य पनि गत वर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको व्यापारीहरुले बताएका छन्।

आजबाट दसैं सुरु भएको छ। दसैँ सुरु भएसँगै बजारमा पनि सामान किन्नेहरुको चहलपहल बढ्न थालेको छ। नयाँ कपडा लगाउन दसैं कुर्ने बानी हटिनसकेका कारण पनि बजारमा भीड बढेको हो। तर, बजारमा आफूहरुले चाहे जस्तो सामान नहुँदा ग्राहकहरु भने निरास भएर फर्कन बाध्य भएका छन् भने सामान पाएपनि धेरै महँगो भएको प्रतिक्रिया समेत दिएका छन्। 

खासगरी काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायका क्षेत्रमा आउने ग्राहकहरुले लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको भाउ निकै महङ्गो रहेको बताएका छन्। यस्तै, उनीहहरुले बजारमा नयाँ सामानहरु देखिएको पनि बताएका छन्।

यता, व्यापाीहरुले पनि यस बर्षको दसैंकमा लत्ताकपडा लगायतका सामानहरुको मूल्य वृद्धि भएको स्वीकार गरेका छन्। उनीहरुले दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिँदा बजारमा अभाव भएको तथा भन्सारको मूल्याङकन पनि बढेको कारण महँगी बढेको बताएका छन्। 

उनीहरुको अनुसार यो वर्ष २० प्रतिशत भन्दा धेरै मूल्य वृद्धि भएको छ। व्यापारीहरुले ग्राहकहरुको आगमन कम हुँदा व्यापार पहिलेको भन्दा खस्किएको पनि बताएका छन्। उनीहरुले दसैं सुरु भएसँगै व्यस्त हुनुपर्ने बेला मोवाइल खेलाएर दिन काट्न बाध्य हुनुपरेको पनि गुनासो गरे।

व्यापारीले सोचेअनुसारको व्यापार नभएको बताइरहँदा बजारमा भीड लाग्ने क्रम भने दिनहुँ बढिरहेको छ।

प्रकाशित: २१ आश्विन २०७८ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App