२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालमा गोप्रो हिरोटेन ब्ल्याक क्यामरा सार्वजनिक

आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा सार्वजनिक गरेको छ। हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो।  

जिपिटू प्रोसेसरमा आधारित यो क्यामरा छिटो  र प्रयोग गर्न सहज रहेको कम्पनीले जानकारी दिएको छ। यो क्यामराले प्रति सेकेन्ड ६० फ्रेम सम्म५.३ केको उत्कृष्ट गूणस्तरको भिडियो खिच्न सक्छ। साथै यो क्यामराबाट २३ मेगापिक्सलको तस्बिर लिन सकिन्छ।  

हिरो टेन ब्ल्याक क्यामरामा हाइपर स्मुथ ४.० स्टेबलाइजेसन फिचर छ, जसबाट भिडियो स्टेबल गर्न सकिन्छ। वाटरप्रुफ डिजाइन उत्कृष्ट रटिकाउसमेत छ। धेरै अपग्रेड भएर आएको यो क्यामरा नेपालमा पनि रुचाइने कम्पनीको विश्वास छ।  

सन् २०१० मा स्थापना भएको आइसफल टेक्नोलोजिजगोप्रो का लागि नेपालको एक मात्र आधिकारिकबितरक हो। नयाँ सुविधाहरु को कारणले गोप्रो हिरो टेन ब्ल्याकअन्य एक्सन क्यामरा भन्दा अलग र अझ राम्रो भएको हुनाले साईकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, व्लगर्स र अन्य श्रीजनात्मक व्यक्तित्वहरुले मनमोहक दृश्यकैद गर्न उपयुक्त रहेको छ।

यसमा  जिपिटू प्रोसेसर – दुइ गुणा बढीको स्पिड हाइपरस्मुथ ४.०, २३ मेगापिक्सल, सेन्सर ६० फ्रेम प्रति, सेकेन्डको दरमा ५.३ के, भिडियो १२० फ्रेम प्रति सेकेन्डको दरमा फोरके भिडियो ३३ फिटसम्म वाटरप्रुफ फिचरहरू रहेका छन्। 

प्रकाशित: ५ आश्विन २०७८ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App