२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नक्कली अन्तःशुल्क स्टिकर बेच्ने पक्राउ

नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गरेर बिक्री गर्ने दुई जना पक्राउ परेका छन्। नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गरेको आरोपमा आन्तरिक राजस्व विभागले धनगढी आन्तरिक राजस्व कार्यालयको सहयोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ।  

नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष साउद र संग्राम साउदलाई नियन्त्रण लिएको हो। पक्राउ परेका दुई जनालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाएको विभागले जनाएको छ।

वेष्टर्न लिकर्स मसुरिया कैलाली मार्फत नक्कली स्टिकरको कारोबार गरेको पाईएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। अन्तःशुल्कको नक्कली स्टिकर भारतमा उत्पादन गरेर नेपाल ल्याई बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा फेला परेको आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए।

‘दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएका छौं,’ पौडेलले भने, ‘कानुन बमोजिम कारबाही हुन्छ।’ ट्रान्सपोर्ट मार्फत स्टिकर बिक्री वितरण गर्दै आएको पाइएको उनले बताए। ‘राजस्व छली गर्ने उद्देस्यले गैर कानुनी काममा संलग्नलाई निगरानी गर्दै आएका छौं,’ महानिर्देशक पौडेलले भने, ‘गलत क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याउछौं।’ अभियुक्तहरूलाई अन्तःशुल्क ऐन २०५८ अनुसार कारबाही हुन्छ।

प्रकाशित: १७ भाद्र २०७८ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App