१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

दराजमल फेस्टिभल घोषणा

अनलाइन बजार दराजले आज (बुधबार) देखि दराजमल फेस्टिभल गरेको छ। एस अभियानको मुख्य हाइलामा एड टू कार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्डमार्फत अनलाइन प्री–पेमेन्टमा १५ प्रतिशत छुट, इमेज रिभ्यु एन्ड विन, फलो एन्ड विन, बम्पर उपहारमा साउमी एमआई ११ प्रो५, निःशुल्क डेलिभरीका साथै थुप्रै अरू पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ।

दराज मलमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न लगायत तीन सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड छन्।  कम्पनीले सोमबार सानिमा बैंकको क्रेडिट कार्डबाट १५ र डेबिट कार्डबाट हुने भुक्तानीमा १० प्रतिशट छुट हुने जनाएको छ। त्यस्तै, बुधबार एनआइसी एसिया बैंकको क्रेडिट कार्डबाट १५ र डेबिट कार्डबाट हुने भुक्तानीमा १० प्रतिशत छुट हुने जनाएको छ।  

बिहीबार माछापुच्छ्रे बैंकको क्रेडिट कार्डमा १५ र डेबिटकार्डबाट १० प्रतिशतसम्म छुट छ। यस दिन मेगा बैंक र हिमालयन बैंकको क्रेडिट कार्डमा १५ छुट हुनेछ भने मेगा बैंकको डेबिट कार्डबाट हुने भुक्तानीमा १० प्रतिशत छुट हुनेछ्। शुक्रबार नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत हुने भुक्तानीमा १० प्रतिशत छुटको व्यवस्था रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। साथै, पहिलोपटक भिसा कार्डमार्फत हुने भुक्तानीमा दराज ग्राहकले २० प्रतिशत छुट पाउने भएका छन्।  

प्रकाशित: २ भाद्र २०७८ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App