७ वैशाख २०८१ शुक्रबार
अर्थ

अत्याधुनिक पशु अस्पताल निर्माण सुरु

गण्डकी प्रदेशको राजधानी पोखरामा अत्याधुनिक पशु अस्पतालको निर्माण सुरु भएको छ।घाइते तथा बिरामी पशुपन्छीको उपचार गर्न कास्की र तनहुँमा नमूना पशुअस्पताल निर्माण गर्न बजेट छुट्ट्याइएको थियो।सोही बजेटबाट पोखरामा निर्माण सुरु गरिएको हो।

पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसरमा निर्माण हुने नमूना अस्पतालको आइतबार गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरेका छन्।

पाँच करोड ५४ लाख लागतमा अत्याधुनिक अस्पताल निर्माण गरिने पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ।केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा. शोभा शर्माका अनुसार अस्पताल सञ्चालनका लागि सुविधासम्पन्न साढे दुई तलाको दुइटा भवन बनाइनेछ।दुई वर्षभित्र निर्माण सक्ने गरी सिद्धबाबा/फुल्जोर जेभीसँग साउन ११ गते सम्झौता भएको उनले जानकारी दिइन्। केन्द्रका अनुसार अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनेकोलोजी, पोस्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोली लगायत सुविधा हुनेछ।

कार्यालय प्रमुख शर्माले पशुपन्छी, माछा, घरपालुवा जनावरको उपचार छुट्टाछुट्टै कक्षमा हुने जानकारी दिइन्।अस्पतालमा पहिलो चरणमा दिवाकालीन सेवा दिइनेछ।पछि रात्रिकालीन सेवा पनि सुरु गर्ने लक्ष्य रहेको उनले बताइन्।

प्रकाशित: २७ श्रावण २०७८ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App