१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

चाङ्गन अटो ग्रुप नेपालमा प्रवेश

चाङ्गन अटो ग्रुप नेपाली बजारमा प्रवेश गर्ने औपचारिक निर्णय गरेको छ। नेपालस्थित एमएडब्लुवृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा यस चीनिया कम्पनीले नेपालमा आफ्नो उत्पादनको विक्री वितरण गर्नेछ।  

सन२०२१ माचाङ्गन ब्राण्डका प्यासेन्जर गाडी चीनमा सबैभन्दा बढी बिक्रीहुन सफल भएका थिए। त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख वटा गाडी विश्वका ६० मुलुकमा बिक्री भएको कम्पनीले जनाएको छ। चीनमा बिक्री र त्यहाँबाट निर्‍यातहुने अधिकांश फोर्ड र माज्दा गाडीहरू चाङ्गन अटोग्रुपले उत्पादन गर्दै आएको छ।  

एमएडव्लुस्कोडा, जीप, जेसिबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्डको नेपालस्थित एकमात्र आधिकारीक विक्रेता हो। यो अटोमोबाइल क्षेत्रमा कामगर्ने देश कै दोश्रो ठुलो कम्पनीसमेत रहेको छ। एमएडव्लुका अध्यक्ष विष्णु अग्रवालका अनुसार सेडान, पिकअप, एसयुभी र इभीको साथै अवार्ड विनिङ्ग युनिआइ श्रेणीको ब्राण्ड उत्पादनकर्ता चाङ्गनले नेपाली बजारमा आफ्नो एक बेग्लै छवि बनाउन सफलहुने छ।

त्यस्तै, चाङ्गन अटोग्रुपका उप महाप्रबन्धक देङ्गले यस सहकार्य मार्फत चाङ्गन ब्राण्ड आफ्नो सर्वाेत्कृट उत्पादनमार्फत ग्राहकवर्गको बदलिँदो आवश्यकता र चाहनालाई परिर्पूिर्त गर्नेतर्फ उन्मुख रहने बताए। पहिलो चरणमा सेडान, पिकअप र एसयुभीतथा दोश्रो चरणमाविभिन्नविद्युतिय गाडी नेपालमा बिक्री वितरण गर्ने योजना चाङ्गन अटोग्रुपको छ। 

प्रकाशित: २६ श्रावण २०७८ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App