कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई तीन लाख रूपैयाँ सहयोग गरेको छ। बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरिलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो।
विगत तीन वर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तर्गत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको शाखा प्रमुख अमित झाले बताए। नगर प्रमुख थापाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए।
प्रकाशित: २० श्रावण २०७८ ०३:४३ बुधबार