२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एनएमबि बैंकबाट बाढी प्रभावितलाई राहत

एनएमबि बैंकले मनाङका बाढी प्रभावितलाई राहत वितरण गरेको छ। राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क रहेको बैंकले जनाएको छ। 

बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरू, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, सोही गाउँपालिकाका वडा नं. ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको उपस्थितिमा राहत सामग्री वितरण गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

केही दिनयताको भारी वर्षापछिको पहिरोले मनाङका अधिकांश नदी थुनिएका छन्, जसले गर्दा उक्त स्थानका सयौं मानिस घरबारविहीन भएका छन्। हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग नौ सय घरधुरी सो स्थान छाडेर सुरक्षित ठाउँमा बसिरहेका छन्।

प्रकाशित: ७ असार २०७८ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App