५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

प्याब्सन, एनप्याब्सन र मिदास टेक्नोलोजिजको सहकार्य

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजिल प्रालिको सहकार्यमा निःशुल्क स्वास्थ्य परामर्श सेवा सञ्चालनमा ल्याएका छन्।

कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थालाई ध्यानमा राखी उक्त सेवा सञ्चालनमा ल्याइएको हो। यो योजनाले सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीलाई घरमै बसेर मेरो डक्टर, अनलाइन भिडियो काउन्सिलेसन सेवामार्फत कुनै पनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क मिलाइएको हो।

मिदास टेक्नोलोजिज प्रालिले सञ्चालनमा ल्याएको मेरो डक्टर टेलिमेडिकल सेवामा दुई सयभन्दा बढी विशेषज्ञ डाक्टरहरू नियमित रूपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध रहनेछन्। बिरामीले मोबाइल अथवा ल्यापटपमार्फत कुनै पनि समय र स्थानबाट मेरो डक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरूसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App