२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
अर्थ

पुष्पतारा केडिया सेवा फाउन्डेसनबाट सहयोग

केडिया अर्गनाइजेसन अन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड-१९ बाट सिर्जित वर्तमान अवस्थालाई मध्यनजर गर्दै नेपाल उद्योग परिसंघद्वारा गठित कोभिड फन्डमा पाँच लाख रूपैयाँ सहयोग गरेको छ।

उक्त रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पिपिई खरिद तथा व्यवस्थापनको लागि योगदान हुने फाउन्डेसनले विश्वास लिएको छ। पुष्पतारा केडिया सेवा फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको एवं गैरनाफामूलक सामाजिक संस्था हो।

फाउन्डेसनले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चेम्बर अफ कमर्सको कोभिड फन्डमा समेत नगद दुई लाख रूपैयाँ सहयोग गरेको छ। सो रकम समेत अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पिपिई खरिद तथा व्यवस्थापनमा सहयोगी हुने फाउन्डेसनको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App