६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आव २०७८/०७९ को बजेट : ताप्लेजुङका स्थानीय तहमा कसले कति पाए ?

आर्थिक वर्ष २०७८/०७९ मा ताप्लेजुङका स्थानीय तहमध्ये सबैभन्दा बढी रकम फुङलिङ नगरपालिकाले पाउने भएको छ। नगरपालिकाले ४७ करोड ७४ लाख रुपैयाँ पाउने भएको छ। यो समानीकरण अनुदान, सर्शत अनुदान, बिशेष अनुदान र समपूरक अनुदानसहितको रकम हो।  

यस्तै आठराइ त्रिबेणी गाउँपालिकाले ३२ करोड ८४ लाख, फक्ताङ्लुङ गाउँपालिकाले ३१ करोड १० लाख, मिक्वाखोला गाउँपालिकाले २३ करोड ७३ लाख, मेरिङ्देन गाउँपालिकाले ३१ करोड ७० लाख रुपैयाँ बजेट पाउने भएका छन्। 

त्यसैगरि, मैवाखोला गाउँपालिकाले २७ करोड १० लाख, पाथीभरा याङ्वरक गाउँपालिकाले ३० करोड ५७ लाख, सिदिङ्वा गाउँपालिकाले ३० करोड ४ लाख र सिरिजङ्घा गाउँपालिकाले ३८ करोड ३५ लाख रुपैयाँ पाउने भएका छन्।

प्रकाशित: १६ जेष्ठ २०७८ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App