७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

आगो लागेको १२ वर्षपछि लगत संकलन कार्य सुरु

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङस्थित जंगलमा रुखको लगत संकलन गरिँदै । तस्बिर : नागरिक

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङको जंगलमा आगो लागेको १२ वर्षपछि लगत संकलन कार्य सुरु भएको छ । डिभिजन वन कार्यालय रसुवाले यही जेठ महिनाभित्रमा लगत लिने काम सम्पन्न गर्ने छ । यसका लागि वन कार्यालयका कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी खटिएका छन् ।

यसअघि गरिएकोे प्रारम्भिक अध्ययन अनुसार करिब २५ प्रतिशत रुख प्रयोगमा ल्याउन सक्ने हैसियतका रहेको देखिएको कार्यालयका सूचना अधिकारी बद्रिप्रसाद ढुंगानाले बताए । बाँकी रुखहरूको हैसियत बिग्रिएर गुणस्तर खस्किसकेको छ । डढेलोले सखाप पारेको त्यस क्षेत्रमा २०७७ फागुनमा एक हजार एक सय ६३ वटा रुखको लगत लिने कार्य सम्पन्न भएको थियो ।

यसअघि काठको व्यवस्थापनको लागि विभिन्न चरणमा छलफल भएको भएपनि त्यसले कुनै निष्कर्ष दिन सकेको थिएन । लगत संकलन भएपछि विश्लेषणको काम हुने छ । ‘हामीले पहिलो चरणमा लगत संकलन गरेर विश्लेषण गर्छौं’, उनले भने, ‘त्यसपछि कसरी अघि बढ्ने बारे योजना निर्माण हुन्छ ।’ 

लगत संकलन गर्दा रुखको अवस्था, रुख हटाउनका लागि लाग्ने समय र लागत, रुखको व्यवस्थापन लगायतका विषय समावेश हुने छ । उनका अनुसार रुख व्यवस्थापन गर्नका लागि करिब १ वर्ष लाग्छ ।  

दोस्रो चरणमा त्यहाँ भएका रुख हटाएर कार्यालयले वृक्षारोपण कार्य अघि बढाउनेछ  । ‘त्यस क्षेत्रमा पहिलोको जस्तै हरियाली बनाउनका लागि हामी कृतिम र प्राकृतिक पुनर्उत्पादनका प्रक्रियाहरू अघि बढाउँछौं’, उनले भने, ‘यसका लागि आगामी आर्थिक वर्ष २०७८/७९ को योजना तर्जुमा गर्ने क्रममा बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय समक्ष कार्यक्रम र बजेट पठाउन प्रस्ताव गरिसकेका छौं ।’

प्रकाशित: १० जेष्ठ २०७८ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App