२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ब्रोइलर कुखुरा फर्ममा आगलागी, चार लाख बढीको क्षति

ब्रोइलर कुखुरा फर्ममा आगलागी हुँदा खोटाङमा चार लाख बढीको क्षति भएको छ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी बजारका अशोक राईको ब्रोइलर कुखुरा फर्म जल्दा करिब ४ लाख २६ हजारको क्षति भएको हो।

शुक्रबार राती हिटर जलेर आगलागी हुँदा राईको लम्बाई २६ फिट र चौंडाई १४ फिटको टिनको छाना भएको घर, कुखुरा, चल्ला, दानालगायत जलेको छितापोखरीका वडा सदस्य अमृत गिरीले बताए ।

आगलागीमा कुखुरा व्यवसायी राईको दुई दिनअघि ल्याइएको २२४ वटा चल्ला, १५० भन्दा बढी कुखुरा, चार बोरा चारो, एकवटा ग्याँस सिलिण्डर, सोलार ब्याट्री र प्यानल, कुखुरालाई चारो दिने सामग्री, काठ, दाउरा, सिरक, डसना लगायत जलेर नष्ट भएको छ।

उनी दुई वर्षअघिदेखि छितापोखरी बजारमा कुखुरा फर्म सञ्चालन गर्दैआएका थिए।

प्रकाशित: १ जेष्ठ २०७८ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App