९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

मातातीर्थ औंसीमा मिठाई नबनाउन आग्रह

कोभिडका कारण यसवर्ष मातातीर्थ औंसीलाई मध्येनजर गरी मिठाई नबनाउन र पसल खोलेर विक्रीवितरण नगर्न भक्तपुर नगरपालिकाले आग्रह गरेको छ । 

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार नगरको नःपुखु, बुलुचा, साकोठा, सुकुलढोका, जगाती र चोखामा मिठाई पसल अनुगमन गरी यस्तो आग्रह गरेको हो । यो वर्षको मातातीर्थ औशी मंगलबार परेको छ । मातातीर्थ औंसीलाई मध्यनजर गरी मिठाइ पसल नखोल्न, मिठाई नबनाउन अनुरोधका साथ अनुरोधका अनुगमन गरेको संयोजक गोराले बताए । साथै मिठाई पसल खोलेकाहरुलाई आवश्यक कार्यवाहीका साथ जरिवानासहित गरेको उनले बताए ।  

अनुगमनमा लुकिछिपी पसल खोलिरहेका मिठाई सुकुलढोकाको श्रेष्ठ मिठाई पसल, जगातीको दुई वटा मिठाई पसल अनुगमनका व्यक्तिहरु पुगेपछि पसल बन्द गरी भागेको थिए । दिव्य स्वीट्समा अर्डर अनुसार मिठाई बनाई विक्रीवितरण गरेको पाइएकोले रंग बढी भएको मिन्की २ किलो जफत गरी नष्ट गरियो । प्याकेजिंग सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न, पसल नविकरण गर्न र माथिल्लो श्रेणीमा दर्ता गर्न, मूल्य सूचि ग्राहकले देखिने गरी राख्न र मातातीर्थ औंसीलाई मध्यनजर गरी मिठाई नबनाउन, नबेच्ने र पसल नखोल्न निर्देशन दियो ।  

नवदुर्गा स्वीट्स एण्ड चार्ट हाउस मिठाई बनाउने भान्छा एकदम फोहर देखिएकोले सफा गर्न निर्देशन दिई तराजू एक थान जफत गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने रंग बढी भएको जेरी ८०० ग्राम, लड्डु ३ किलो जफत गरी नष्ट गरियो । प्याकेजिंग सामानहरु खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रीवितरण गर्न निर्देशन दियो ।  

जगती मिठाइ पसल नविकरण गर्न, मूल्य सूचि राख्न, सरसफाईमा ध्यान दिन, रंग बढी भएको मिठाई जेरी र लड्डु १५ केजी जफत गरी नष्ट गरियो । तराजू एक थान जफत गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । सैंजू दही भण्डार नगरपालिकामा दर्ता प्रमाणपत्र नभएकाले दर्ता नभएको दर्ता गर्न र दर्ता भए प्रमाणपत्र देखिने गरी राख्न, प्याकेजिंग सामान खाद्यबाट अनुज्ञापत्र लिई लेबल/उत्पादन मिति, म्याद नाध्ने मिति र मूल्यसहित राखी मात्र विक्रीवितरण गर्न, कोभिड १९ को संक्रमण बढी रहेकोले कामदारहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने र माक्स, पञ्जा लगाउने साथै मातातीर्थ औंसीलाई मध्येनजर गरी मिठाई नबनाउने र नबेच्ने, रंग बढी भएको लड्डु १० केजी जफत गरी नष्ट गरियो भने तराजु एक जफत गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै दिनेशको मिठाई पसलमा रंगबढी भएको जेरी ५ केजी, लड्डु आधा केजी, मिन्की ४ केजि जफत गरी नष्ट गरियो । 

मातातीर्थ औंसीलाई मध्येनजर गरी मिठाई नबनाउने, पसल नविकरण गर्ने र तराजू एक थान जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै श्रीरामको मिठाई पसल तीन दिनभित्र दर्ता गर्न, रंग बढी भएको मिन्की तीन केजी जफत गरी नष्ट गरेको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।  

अनुगमन समितिका सदस्य हरिराम सुवाल, भनपा सेनिटेशका वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजू, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, स्वास्थ्य कार्यालय भक्तपुरका देबिका किजू, महानगरीय प्रहरी परिसरका सहायक प्रहरी निरीक्षक जनक थापाको सहभागी थियो ।

प्रकाशित: २७ वैशाख २०७८ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App