४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल लाइफ २१ वर्षमा, बजार पुँजीकरण खर्ब नाघ्यो

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० वर्ष पूरा गरेको छ। यो कम्पनी २०५८ वैशाख २१ गते स्थापना भएको थियो। यसबीचमा कम्पनीले बिमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ट सेवा दिइरहेको जनाएको छ। करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल दाबी गरेको कम्पनीले जीवन बिमा क्षेत्रमा हरेक सूचकांकले यसलाई अब्बल साबित गरेको जनाएको छ।  

२१औं वार्षिकोत्सवका अवसरमा जारी विज्ञप्तिका अनुसार कम्पनीमा १११.४७ अर्ब रूपैयाँ लगानी छ। यसको जीवन बिमाकोष १०१ अर्ब २८ करोड रूपैयाँको छ। सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ। कम्पनीको चुक्तापुँजी ७.१९ अर्बभन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढी सर्वाधिक बजार पुँजीकरण छ।  

कम्पनीले आंशिक अवधि भुक्तानी ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९.७७ अर्ब तथा मृत्युदाबी ३.७३ अर्बभन्दा बढी भुक्तानी गरिसकेको जनाएको छ। कम्पनीमा १,७६,०४३ भन्दा बढी प्रशिक्षित अभिकर्ता छन्। कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका २ सय शाखा तथा उपशाखामार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। 

यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बिमित भइसकेका छन्। २१ वर्ष प्रवेशको अवसरमा कम्पनीले ग्राहकको हितलाई ध्यानमा राखी समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

‘देशका दूरदराज, कुनाकन्दरासम्म बिमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएका छौं,’ कम्पनीले विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २३ वैशाख २०७८ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App