७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बूढानीलकण्ठ धर्मशालाको शिलान्यास

भारत सरकारले भूकम्पबाट क्षतिग्रस्त बूढानीलकण्ठ धर्मशाला निर्माण गरिदिने भएको छ। उक्त धर्मशालाको लागि दुई करोड अनुमान गरिएको छ। बिहीबार भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।  

भारत सरकारले यसअघि दुई करोड २० लाख रूपैयाँ खर्चेर बूढानीलकण्ठ मन्दिरका लागि मठाधिश भवन निर्माण गरिदिएको थियो। भारत सरकारको सहयोग रहेको गोरखाको हिमालयन माध्यमिक विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ।  

भारत सरकारको चार करोड ३३ लाख रूपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको भारतीय दूतावासको विज्ञप्तिमा जनाएको छ। नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत निर्मित तीनतल्ले नयाँ विद्यालय भवनमा १८ कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन शिक्षक तथा प्रधानाध्यापकका लागि एक–एकवटा कक्ष छन्। त्यसैगरी, छात्र र छात्रको लागि छुट्टाछुटै सरसफाई संरचना छन्।

प्रकाशित: २८ फाल्गुन २०७७ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App