१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रदेश १ मा धान उत्पादन बढ्यो

फाइल तस्बिर

प्रदेश १ मा धानको उत्पादन बढेको छ। गत वर्षको तुलनामा ९ प्रतिशतले उत्पादन बढेको प्रदेश कृषि निर्देशनालय विराटनगरले जनाएको छ। निर्देशनालयका अनुसार आर्थिक वर्ष ०७७/७८ मा प्रदेश १ मा १३ लाख ११ हजार २ सय ४५ मेट्रिकटन धान उत्पादन भएको छ।  

गत वर्ष ११ लाख ९८ हजार ७ सय ४० मेट्रिकटन धान उत्पादन भएको थियो। अनुकुल मौसम, धान लगाउने क्षेत्रफल बढेको र रोग किराको प्रकोप कम भएकाले धान उत्पादन बढेको प्रदेश १ कृषि निर्देशनालयकी सूचना अधिकारी सरस्वती श्रेष्ठले बताइन्। 

प्रदेश १ मा यो वर्ष ३ लाख ३२ हजार ९ सय १७ हेक्टरमा धान रोपाइ गरिएको थियो। प्रदेश १ मा कुल ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ।

प्रकाशित: २ पुस २०७७ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App