२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भक्तपुरमा रासायनिक मलको अभाव

किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव भएको छ। मल अभावका कारण किसानले समयमै गहुँं छर्न पाइरहेका छैनन्। साथै आलु रोप्नका लागि मल अभावले किसानहरु अलमलमा परेका छन्।

किसान बेलबहादुर केसीका अनुसार विगत वर्षहरुमा भन्दा यो वर्ष भक्तपुरमा अझ बढी रासायनिक मलको आवश्यकता पर्ने भएको छ। विगत वर्षहरुमा गहुँं तथा आलु लगाउने सिजनमा इटा भटा रही त्यहाँं बाली लगाउनु नपर्ने तर यो वर्ष सवैतिर बाली लगाउनुपर्ने भएकाले विगत वर्षहरुमा भन्दा यो वर्ष बढी मल चाहिने भएको उनले स्पष्ट पारे।

विगत वर्षहरुमा यहाँंका खाली जग्गाहरुमा सवैतिर इटाभटाले लिन्थ्यो र त्यहाँं इटा पार्‍थ्यो। त्यसकारण ती जग्गाहरुमा बालीनाली लगाउनु पर्दैनथ्यो तर यो वर्ष इटाभटा नरहने भएको छ। कोभिड १९ का कारण यो वर्ष इटाभटा सञ्चालनमा नआउने भएको हो। यसकारण ती सवै जग्गाहरुमा यो वर्ष गहुँं अथवा आलु लगाउने भएको छ।  

भक्तपुरमा चार वटा नगरपालिकाहरु छन्। भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी यहाँं चार वटा नगरपालिकाहरु छन्। ती नगरपालिकाहरुमध्ये भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा घरैघरले ढाकिसकिएका छन्। तर पछिल्लो पटक नगरपालिका घोषणा भएको सूर्यविनायक र चाँंगुनारायण क्षेत्र पूरै खाली छ। विगतका वर्षहरुमा यी दुवै नगरपालिकाहरुमा सवैतिर इटाभटा नै रहन्थ्यो तर यो वर्ष इटाभटा नरही त्यहाँं बालीनाली लगाउने भएकोले यो वर्ष बढी रासायनिक मल चाहिने भएको हो। यहाँं एक सय भन्दा बढी इटाभटाहरु सञ्चालन हुने गर्दछन्। प्रत्येक इटाभटा सञ्चालनका लागि पनि सयौं रोपनी खेतको आवश्यकता पर्ने गर्दछ।  

यसैबीच रासायनिक मलको अभाव भएपछि सांसद प्रेम सुवालसहितको प्रतिनिधिमण्डल स्वास्थ्य मन्त्रालय पुगी समयमै किसानलाई रासायनिक मलको पूर्ति गरिदिन मन्त्रीसमक्ष आग्रह गरेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र वडा नं. २ का वडाध्यक्षसहितको टोलीले कृषि तथा पशुपछी विकास मन्त्री घनश्याम भुषालसँग भेट गरी रासायनिक मल सहज रुपमा उपलब्ध गराउन ध्यानाकर्षण गराएका थिए।

सो अवसरमा मन्त्री भुषालले यस वर्ष काठमाडौँ उपत्यकालगायत तराई क्षेत्रमा मकै खेती विगतको तुलनामा बढी जगामा लगाउने भएको उल्लेख गर्दै नेपालको नीतिगत व्यवस्था अनुसार धान बाली र गहुँ बालीलाई लक्षित गरी मल खरिद गरिने गरेको बताए। रासायनिक मलको प्रयोग कृषिमा मात्र नभइ अन्य विभिन्न काममा समेत प्रयोग हुने गरेको पाइएको बताउँदै सहकारी र अन्य माध्यमबाट यसको भण्डारण, चोरी गरी बिक्री गर्ने गरिएको हुँदा यसको नियमन र कालाबजारी नियन्त्रणको लागि सफ्टवेयरको व्यवस्था गरिएको जानकारी उनले दिए।

यस वर्ष कोभिड–१९ का कारण भक्तपुर जिल्लामा रहेका इटाभटाहरु सञ्चालन नहुने हुँदा विगतको तुलनामा थप ४० हजार रोपनीे जग्गामा गहुँ छर्ने र आलु रोप्न किसानहरुलाई मल आवश्यक पर्ने भएको हो।

प्रकाशित: ८ मंसिर २०७७ ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App