८ वैशाख २०८१ शनिबार
अर्थ

मोबाइलबाट रेमिटेन्स पठाउन मिल्ने

वैदेशिक रोजगारीमा गएका नेपालीले मोबाइलबाट रेमिटेन्स पठाउन पाउने भएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै मोबाइल बैंकिङमार्फत रेमिटेन्स पठाउन मिल्ने व्यवस्था गरेको जनाएको छ ।  

रेमिटेन्स पठाउन इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेट पनि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । अहिलेसम्म बैंक खाता वा रेमिट कम्पनीबाट मात्रै रेमिटेन्स पठाउन पठाउन पाइने व्यवस्था थियो । रेमिटेन्स पठाउँदा नेपालका बैंक तथा वित्तीय संस्था विदेशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्थासँग आवद्ध हुनु पर्नेछ ।  

बैंकको कर्जा लगानी बढ्दै
यसैबीच, पछिल्लो समयमा वाणिज्य बैंकले कर्जाको लगानी बढाएका छन् । बैंकर एसोसिएसनका अनुसार असोज पहिलो साता बैंकहरूको कर्जा लगानी ९ अर्ब रूपैयाँले बढेको छ ।  

असोज पहिलो सातासम्म बैंकहरूले ३५ खर्ब १६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् भने २९ खर्ब १३ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् । भदौ यता बैंकहरूको कर्जा लगानी ३२ अर्ब रूपैयाँले बढेको छ । त्यस्तै असोज पहिलो साता बैंकहरूको निक्षेप संकलन २१ अर्ब रूपैयाँले बढेको छ । आर्थिक गतिविधि बढ्दै गएपछि बैंकको कर्जा लगानी र निक्षेप संकलन पनि बढ्दै गएको पाइएको छ ।

प्रकाशित: ६ आश्विन २०७७ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App