coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तीन जिल्ला जोडने सडक विस्तार

बैतडी, दार्चुला र बझाङ जोड्ने गन्ना–गनैखान सडक ट्रयाक विस्तार गर्ने कार्य सुरु भएको छ। पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको सडकको निर्माण कार्य सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए।

बैतडीको गन्नादेखि बझाङको सीमाना गनैखानसम्म २० किलोमिटर ट्रयाक खोल्नका लागि निर्माण कम्पनीसँग सम्झौता भएर निर्माण कार्य अघि बढेको हो। चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण सेवाले ७ करोडको लागतमा सो सडकमा काम गर्न थालेको बताइएको छ।

गन्नादेखि गनैखान सम्मको सडकलाई पर्यटकीय हिसाबले पनि महत्वपूर्ण सडकमा रुपमा लिन सकिने स्थानीय सन्तोष रानाले बताए। तीन जिल्ला जोड्ने सडकको रुपमा यो सडकलाई लिन सकिने र यसले स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने डिलासैनी गाउँपालिका–१  का वडाध्यक्ष अक्कल रानाले बताए।

बझाङको कालंगा जलविद्युत् आयोजना र चमेलिया जलविद्युत आयोजनाको सर्किट जोड्न पनि यो सडकले महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ। सडक निर्माण कार्य दुई वर्षभित्र सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ। 

प्रकाशित: ५ आश्विन २०७७ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App