१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिजीको ‘कुशल स्वास्थ्य असल पर्व दसैं’ अफर

नेपालीहरूको मुख्य चाड दसैंको अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘कुशल स्वास्थ्य असल पर्व दसैं’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सिजीका कुनै पनि घरायसी सामान किन्दा ३० प्रतिशतसम्मको नगद छुट र हात खाली नजाने पक्का उपहार पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले कुनै पनि एलइडी टिभी खरिदमा ३० प्रतिशतसम्म नगद छुट र ४३ इन्च र सोदेखि माथिका टिभीमा निःशुल्क जडान सुविधा रहेको जनाएको छ । त्यस्तै साइड बाई साइड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र आकर्षक नगद छुट रहेको जारी विज्ञप्तिमा उल्लेख छ । डाबल डोर रेफ्रिजेरेटरमा भने सिजीको तीन लिटरको भिन्टेज प्रेसरकुकर र नगद छुट पाइनेछ ।  

यसैगरी, सिंगल डोर रेफ्रिजेरेटर, सोकेस, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको कम्पनीले उल्लेख गरेको छ ।  

यसपालि टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सिजीकै स्टिम आइरन र माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट प्राप्त गर्न सकिनेछ । एसीमा भने निःशुल्क जडान सुविधा रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित: १ आश्विन २०७७ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App