३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

असार २५ देखि अजोड इन्स्योरेन्सको आइपिओ खुल्ने

अजोड इन्स्योरेन्सको आइपिओ (प्राथमिक शेयर) असार २५ गतेदेखि खुला हुने भएको छ । अजोडले  एक सय रुपैयाँका दरले ३० लाख कित्ता (३० करोड रुपैयाँ) बराबरको आइपिओ निष्कासन गर्ने भएको हो ।

३० लाख आइपिओमध्ये  १ लाख २० हजार कित्ता कर्मचारीलाई र  १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ।  २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

अजोडको आईपीओमा  न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि असार २९ गतेसम्म आवेदन दिन सकिने र त्यस अवधिमा सबै आइपिओका लागि आवदेन नपरेमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । आइपिओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ दिइएको छ ।

अजोडको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।  

प्रकाशित: १७ असार २०७७ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App