coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषकलाई आधुनिक उपकरण

पाल्पाको रामपुर नगरपालिकाले बाँदर भगाउने उपकरण कृषकलाई उपलब्ध गराएको छ। बाँदर आतंक बढी देखिएका १, ३, ४, ५ र ७ वडाका ५० कृषकलाई सो उपकरण प्रदान गरिएको हो।

नगरपालिकाले पहिलो चरणमा ५० वटा उपकरण वितरण गरिसकेको र पुनः ५० वटा खरिद गरेर आवश्यक ठाउँमा वितरण गरिने नगरप्रमुख रमणबहादुर थापाले बताए। सो उपकरण रामपुरका स्थानीय युवा जायश्वर पाण्डेय र तीर्थराज पाण्डेयले तयार पारेका हुँन्। पिभिसी पाइप जोडेर तयार गरिएको उपकरण परीक्षण गर्दा सफल भएपछि कृषकलाई उपलब्ध गराइएको हो।

सो उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बोहाईड’ र पानीको मिश्रण राखेर पछाडिबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने निर्माणकर्ता जायश्वर पाण्डेय बताउछन्। बाँदर भगाउने उपकरणसँगै केही ‘क्याल्सियम कार्बोहाईड’ र ग्यास लाइटर पनि प्रदान गरिएको छ। सो यन्त्रको मुल्य तीन हजार ५०० रहेको छ। जिल्लाका रम्भा, निस्दी, माथागढी, बगनासकाली, पूर्वखोला गाउँपालिका क्षेत्रमा पनि बाँदर आतंक बढ्दो छ। 

प्रकाशित: १३ असार २०७७ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App