९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रदेश १ को बजेटबारे छलफल तीव्र

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ।

१ नम्बर प्रदेशको आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल तीव्र बनाइएको छ । विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने काम भईरहेको हो । प्रमुख प्रतिपक्षि दल, नीजिक्षेत्र, विज्ञहरु, स्थानीय तहका प्रमुख लगायतकासँग बजेटबारे सुझाव लिने काम भईरहेको छ ।

संसदमा बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल सकिएपछि विभिन्न क्षेत्रसँग सुझाव लिने काम भइरहेको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी लिए । अर्थमन्त्री आङ्बोले भर्चुअल (जुम प्रविधिको प्रयोग गरेर) माध्यमबाट सुझाव लिईरहेका छन् । बजेटमा विभिन्न क्षेत्रको अपेक्षा तथा सुझावलाई ध्यान दिईने आङ्बोको भनाई छ ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा पदाधिकारीसँग भेटरै र निजी क्षेत्र, विज्ञ, स्थानीय तहका प्रमुख लगायतसँग जुमको माध्यमबाट सुझाव लिइएको मन्त्री आङ्बोले जानकारी दिए । जेठ–१७ गतेदेखि आङ्बोले सुझाव लिईरहेका छन् ।

‘सातै प्रदेशका अर्थमन्त्री, अर्थ सचिव, विज्ञ, नीजि क्षेत्र तथा लगानीकर्ताहरुसँग छलफल भएको छ । यसका साथै प्रदेशका अर्थविद, १४ जिल्लाका जिसस प्रमुख, नगरपालिका महासंघका संयोजक, उद्योग वाणिज्यसंघका अध्यक्षहरु लगायतसँग छलफल गरीएको छ’ मन्त्री आङ्बोले भने ।

गृह जिल्ला पाँचथरका विभिन्न क्षेत्रसँगपनि बजेट बारे छलफल गरेका छन् । गृहजिल्लाका आठै स्थानीय तह, राजनीतिक दलका प्रमुख, नीजि क्षेत्र लगायतसँग छलफल गरेका हुन । मन्त्री आङ्बोका अनुसार आगामि आर्थिक वर्षको बजेटमा स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा रहने छ ।

 

 

 

प्रकाशित: २९ जेष्ठ २०७७ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App