७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

जमैकाका पर्यटनमन्त्रीद्वारा वसन्तपुर क्षेत्र अवलोकन

काठमाडौं– जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेटले उपत्यकामा रहेका विभिन्न सम्पदाहरुको अवलोकन गरेका छन्।

‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन सत्रमा सहभागि हुन नेपाल आएका बार्लेटले बिहीबार बसन्तपुर दरबार क्षेत्र, धरहरा लगायत अन्य निर्माणाधिन सम्पदाहरुको अवलोकन गरेका हुन्।

उनले नेपाल आउने पर्यटकहरुलाई नेपालमा ढुक्क भएर घुम्ने वातावरण निर्माण गर्न आग्रह गरे। ‘हामीले भ्रमणवर्ष २०२० को अभियान चलाएका छौँ जुन अझ बढी पर्यटक नेपालमा ल्याउनका लागि हो।

‘नेपालमा माउण्टेन टुरिजम ठूलो आकर्षणको क्षेत्र हो। त्यसैले म तपाईहरुसँग सहकार्य गर्न तयार छु। त्यसका लागि विश्वविद्यालयसँग सम्बन्ध स्थापित गरी यहाँको पर्यटकीय क्षेत्रहरुको बारेमा अझ बढी जानकारी गराउन सकिन्छ’, उनले भने।

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित बुधबारबाट ‘नेपाल भ्रमणवर्ष २०२०’ को सुरुवात भएको छ। बुधबार भव्य कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरिएको छ। राजधानी लगायत सात वटै प्रदेशले भ्रमणवर्षको उद्घाटनमा विभिन्न औपचारिक कार्यक्रम गरेका थिए। 

प्रकाशित: १७ पुस २०७६ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App