६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आइएफसीलाई लगानीका क्षेत्रबारे जानकारी

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लाई नेपालमा निजी क्षेत्रमार्फत जलविद्युत्का अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनका क्रममा खतिवडाले यो आग्रह गरेका हुन्।

उनले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रलाई थप सबल, सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रको विविधीकरण गर्नुपर्नेमा जोड दिए।

उनले पूर्वाधार विकासको लागि मध्यम तथा दीर्घकालीन अवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण गराए। बैंकको ट्रेजरी हेर्ने उपाध्यक्षलगायत उच्च पदाधिकारीसँगको भेटमा खतिवडाले नेपालको पुँजी बजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवश्यक भएकामा जोड दिँदै बचत र लगानीबीचको ठूलो अन्तर घटाउन विदेशी पुँजी परिचालन जरुरी भएको बताए।

अर्थ मन्त्रालयका अनुसार खतिवडाले दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागिता जनाए। त्यस क्रममा उनले सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनु पर्ने डिजाइन तथा इन्जिनियरिङ पक्ष, सवारीसाधनको भारबहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानको स्तर, सवारीसाधनको परीक्षण र यातायात क्षेत्रको नियमनजस्ता विषयमा ध्यान पु-याउनुपर्ने बताए।

प्रकाशित: ५ कार्तिक २०७६ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App