२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रयोगमा आयो सयको नयाँ नोट

काठमाडाैं– नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ। केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ। उक्त नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ।

यस्तै मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै, ‘लुुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल’ लेखिएको छ। यस्तै अशोकस्तम्भ सँगै दृष्टिविहीनका लागि नोट पहिचानका लागि छामेर थाहा पाउने कालो थोप्लासमेत समावेश गरिएको छ। बैंकका अनुसार अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र राखिएको छ।

दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। कूल दुई मिलिमिटर चौडा भएको रङ परिवर्तन हुने नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङको देखिने सुरक्षण धागो राखिएको छ। नोटको मध्य भागमा एक सिङ्गे गैँडाको माऊ र बच्चाको चित्र पनि राखिएको छ। रासस

प्रकाशित: ७ आश्विन २०७६ १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App